Search
Close this search box.
Search
Close this search box.

अज्ञात समूहद्धारा पाँच पसलमा एकैसाथ आगजनी लाखौंको क्षति

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेको छ ।

EPIC

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन् । पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो ।

आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट हुँदा क्षति भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *