Search
Close this search box.
Search
Close this search box.

अझै तीनदिन मनसुन सक्रिय रहने

झापा। शनिबार बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान विभागले विशेष बुलेटिन जारी गर्दै  शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरेको छ ।

विभागले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू-भाग/सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने  सम्भावना देखिएको जनाएको हो । साथै बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको जानकारी दिएको छ ।

EPIC

विभागले आज रातिदेखि शनिबार बिहानसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा  र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।  साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ । जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण अनुसूची १ मा समावेश गरिएको छ ।

त्यस्तै, शनिबार बिहानसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विभागले अनुरोध गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *