Search
Close this search box.
Search
Close this search box.

अटो दुर्घटनामा परी महिलाको मृत्यु

डोटी। बडीकेदार गाउँपालिका वडा नम्बर १ रुमाल भिरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सहजपुर बोगटान दिपायल सडक खण्ड अन्तर्गत रुमायल  बिपीनगरबाट खड्यौली आउँदै गरेको सुपर ०१००१ ह ५४०६ नम्बरको अटो गए राति करिब ९ः३० मा दुर्घटना भएको प्रहरी चौकी खड्यौलीका इन्चार्ज भाष्करदत्त पन्तले जानकारी दिएका छन् ।

EPIC

दुर्घटनामा परि बडीकेदार गाउँपालिका वडा नम्बर ३ की अन्दाजी ५८ वर्षीय कस्तुरी देवी जेठराको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक बडीकेदार १ का उत्तम बोहरा सामान्य घाइते भई प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

रातिको समयमा घटना के कति कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।

बडीकेदार गाउँपालिकाका जनप्रतिनिधि र प्रहरी टोली घटनास्थलमा पुगेका छन् । अटो सडक बाट करिब ५० मिटर तल खसेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *