Search
Close this search box.
Search
Close this search box.

अतिक्रमण गरेर बनाइएका संरचना धमाधम भत्काइदै

राजविराज । हुलाकी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचनालाई धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले सडकका दायाँबायाँ १५र१५ मिटरभित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनालाई डोजर लगाई भत्काउन शनिबारदेखि शुरुआत गरेको हो ।

नगर क्षेत्रका राममन्दिर, हुलाक, जिल्ला प्रशासन, मालपोत र जिल्ला अदालतलगायत कार्यालयको परिसर भत्काइएको छ । बहुप्रतीक्षित हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफैँ हटाउन प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचनामार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् । कार्यालयका इञ्जिनीयर आशुतोष कर्णले राजमार्ग निर्माणका क्रममा सिरहा सडकमा केही समस्या देखिए पनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल गरेर सहमतिका माध्यमबाट निकास दिने काम भइरहेको जानकारी दिए ।

EPIC

उनले राजमार्गअन्तर्गत हालसम्म १५ किमी सडकमा पहिलो तहको कालोपत्र गर्ने काम सम्पन्न भएको बताए । सप्तरीका कञ्चनपुरदेखि राजविराजकासम्म र राजविराजदेखि बलान विहुलसम्मका दुई खण्डमा ४६ किमी सडकखण्डमा २२ पुल निर्माण गर्नुपर्ने कार्यालयले जनाएको छ । तीमध्ये हालसम्म छ वटा मात्र सम्पन्न भएको छ । बाँकी निर्माणकै क्रममा रहेको कार्यालयले जनाएको छ । ती दुई खण्ड झण्डै रु दुई अर्बमा निर्माण हुने छ । विसं २०७८ वैशाखसम्म सडकको सप्तरीखण्डको काम पूरा गरिसक्ने लक्ष्य रहेको छ ।

यस्तै सप्तरीको बोदेबर्साइन नगरपालिकाले पनि हुलाकी सडकको बिसनपुर–स्वर्णपट्टी सडकखण्डमा अतिक्रमण हटाउन शुरुआत गरेको छ । नगरपालिकाले नगर क्षेत्रको सडकअन्तर्गत बिसनपुर–स्वर्णपट्टी खण्डमा सडकका दायाँबायाँ अतिक्रमण हटाएको स्थानीयबासी लोकेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार नगरपालिकाले निर्माण सामग्री बालुवा, गिट्टी, छड, काठ, दाउरालगायत कठघरा ९गुम्टी, खाद्यान्न, गुइँठा, ठूला सवारी साधन र अस्थायी पसल हटाएको थियो ।

सडकमा ती सामग्री महिनौँ दिनसम्म राख्दा बाटो नै साँघुरो भई सवारी साधनलाई आवतजावत गर्न अवरोध हुनाका साथै सडक नै कुरुप भएको थियो । नगरपालिकाले ती अतिक्रमण हटाउन पटकपटक सूचना जारी गर्दा पनि नगरबासीले अटेर गर्दै आएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *