‘अत्यावश्यक बाहेक लामो यात्रा नगरौँ’-प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानहरूमा भारी वर्षाको अनुमानलाई मध्यनजर गर्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले जारी गरेको सूचनाको पालना गर्न आग्रह गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

‘मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु। सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु।’ प्रधानमन्त्री ओलीले लेखेका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *