काठमाडौँ : अभद्र व्यवहार कसुरमा अदातलले छाड्न आदेश दिए पनि आज गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन छुट्न भने पाएनन्।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधवारको इजलासले चक्रेलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको थियो।
उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योग कसुरको मुद्दा रहेकाले उनलाई अदालतबाटै भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।