अदालतको निर्णयपछि त्रिलोकप्रताप सिंहका बुबाको आक्रोश: “यदि बोरामा हालेर ज’लाइएका होइनन् भने, छोरा अहिले कहाँ छन्?”

रौतहट — अदालतले बोरामा हालेर इँटाभट्टामा ज’लाइएको पुष्टि नपुगेको ठहर गरेपछि त्रिलोकप्रताप सिंहका ८४ वर्षीय बुबा श्रीनारायण सिंहले आफ्नो आक्रोश पोखेका छन्। उनी भन्छन्, “यदि बोरामा हालेर ज’लाइएका होइनन् भने छोरा त्रिलोकप्रताप अहिले कहाँ छन्? सास छैन भने लास भए पनि देखाउनुपर्छ। यो सरकारको कर्तव्य हो।”

न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले “घाइतेहरूलाई बोरामा हालेर इँटाभट्टामा ज’लाइएको पुष्टि हुने प्रमाण छैन” भन्दै फैसला सुनाएको छ। यो निर्णयपछि रौतहटका स्थानीयहरूमा सन्त्रास थपिएको बताइएको छ।

EPIC EPIC EPIC EPIC

रौतहटमा निकै बलिया र शक्तिशाली नेता मानिने आलमका विरुद्ध प्रहरीमा जाहेरी दिनु नै ठुलो चुनौती थियो। तर अदालतले आलमलाई सफाइ दिएपछि पीडित परिवार र साक्षीहरूले थप त्रास महसुस गरिरहेको स्थानीयको भनाइ छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *