Search
Close this search box.
Search
Close this search box.

अदालतमा बयान फेरेपछि दुइजना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुई जना साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि बयान फेरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रूपमा पेस गरिएका उनीहरूले बयान फेरेपछि उनीहरूमाथि पनि अख्तियारले मुद्दा चलाएको आायोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

EPIC EPIC EPIC

उनका अनुसार अख्तियारले गत बैशाखमा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले बताए ।

आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ गते पक्राउ गरेको थियो भने अनुसन्धानका आधारमा संलग्नता देखिएपछि इन्जिनियर बराल वैशाख ४ गते पक्राउ परेका थिए ।

त्यही घटनामा संलग्न भएपछि अख्तियारले तिवारी र पौडेललाई मुद्दा नचलाई सरकारी साक्षीको रूपमा अदालतमा पेस गरेको थियो । तर विशेष अदालतमा उपस्थित भएका उनीहरूले उल्टो बकपत्र दिएपछि उनीहरूमाथि समेत मुद्दा चलाइएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *