अनलाइन प्रणाली अवरुद्ध हुँदा मालपोत कार्यालयको सेवा ठप्प

झापा । झापा जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयको अनलाइन प्रणालीमा आएको समस्या दुई दिनदेखि समाधान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन्। ल्यान्ड रिकर्ड इनफरमेसन मेनेजमेन्ट सिस्टम (एलआरआइएमएस) र पब्लिक ऐक्सेस मोडेल (पाम) प्रणाली अवरुद्ध हुँदा झापा मात्र नभई अधिकांश जिल्लाको सेवा प्रभावित भएको हो।

प्रणाली अवरुद्ध भएपछि कार्यालयमा सेवा लिन आएका नागरिकहरू घण्टौँसम्म सर्भर सुचारु हुने पर्खाइमा बस्न बाध्य भएका छन्। दमक–५ की कुमारी न्यौपाने बुधबार बिहानैदेखि जग्गा पास गर्न भद्रपुर मालपोत कार्यालय पुगेकी थिइन्। तर सर्भर नचल्दा उनको काम अघि बढ्न सकेन। त्यस्तै, दमक–९ बरगाछीकी इन्दिरा सङ्ग्रौला एकै दिनमा सकिने काम रोकिँदा निराश देखिएकी थिइन्। उनले भनिन्, “यति टाढाबाट आउँदा समय र पैसा दुवै बर्बाद भयो।”

EPIC EPIC EPIC EPIC EPIC EPIC

सर्भर समस्या कायमै रहेकाले जग्गा खरिदबिक्री, रोक्का, फुकुवा, नामसारी, हालसाबिक प्रमाणिकरण, वर्गीकरणलगायतका सबै सेवा ठप्प छन्। यसले सेवाग्राहीलाई हैरानी मात्र होइन, राज्यलाई दैनिक लाखौँ राजस्व गुम्ने अवस्था सिर्जना भएको छ।

भद्रपुरस्थित मालपोत कार्यालयका सूचना अधिकारी मोहन दर्जीका अनुसार, भूमिसुधार तथा अभिलेख विभागकै सफ्टवेयरमा समस्या आएको हो। “झापा मात्र होइन, देशभरका धेरैजसो मालपोत कार्यालयमा सेवा अवरुद्ध भएको छ,” उनले भने, “मंगलबार सूचना प्रकाशन गरेर सेवाग्राहीलाई जानकारी दिएका थियौँ। अहिले केही प्रणाली चले पनि कामकाज सामान्य हुन सकेको छैन।”

उनले विभागलाई पटक–पटक जानकारी गराए पनि समस्या समाधान नभएको बताए। “आज दिउँसोबाट केही प्रणाली चल्न थालेको छ, तर यो स्थायी समाधान होइन,” दर्जीले भने।

छिटोछरितो सेवा दिन सुरु गरिएको अनलाइन प्रणालीमै समस्या आउँदा नागरिकको भरोसा र सेवाको प्रभावकारिता दुवैमा प्रश्न उठ्न थालेको छ। यसतर्फ सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *