Search
Close this search box.
Search
Close this search box.

अनुष्काले जितिन् सहारा सूर्योदय स्पिच

झापा । सहारा नेपालको मुख्य प्रायोजन तथा सूर्योदय टेलिभिजनको आयोजनामा सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन ५ हालै सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा झापा कनकाई नगरपालिका वडा नं ३ स्थित देवकोटा एजुकेसन फाउन्डेनको कक्षा ५ मा अध्ययनरत वर्ष १० की अनुष्का गुराँगाईले प्रथम स्थान हासिल गरेकी छन् ।

EPIC

कक्षा १२ सम्म अध्ययनरत छात्रछात्राहरुको बौद्धिक बिकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कोशी प्रदेश भरिका एक सय भन्दा बढी बिद्यालयबाट एक सय ३० जना प्रतिस्पर्धीले भाग लिएका थिए।

लिग, क्वाटर फाइनल, सेमी फाइनल तथा फाइनल गरि चार चरणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । सेमी फाइनल तथा फाइनल चरणका लागि आयोजकले गोला प्रथाद्वारा शिर्षक प्रदान गरेको थियो।उक्त कार्यक्रमको सम्पुर्ण चरणको निर्णायकको भुमिकामा बरिस्ठ पत्रकार तथा सुर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, प्राध्यापक सिरो सान्दाई खतिवडा तथा सुर्योदय टिभिकी प्रबन्धक निर्देशक विष्णु मैनाली उप्रेती रहनुभएको थियो।

लिग चरणदेखि नै उत्कृष्ट प्रस्तुती दिदै आएकी अनुष्का अन्ततः बिजेता बन्न सफल भएकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *