अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताइन् । 

उनले अन्य पार्टीले आफ्नो विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएको सन्दर्भमा एमाले अनेरास्ववियुमा पनि उमेर हद लागु हुने बताइन् । 

यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेर हद तोकेको थियो । एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ । 

अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौंमा तोकिएको छ । रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *