अनेरास्ववियुले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा विष्टलाई बनायो उम्मेदवार

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा प्रमित विष्टलाई उम्मेदवार बनाएको छ ।

अनेरास्ववियु केन्द्रीय रचनात्मक विभागका सचिव विष्णु पाण्डेका अनुसार, क्याम्पस कमिटीका उपाध्यक्ष रहेका विष्टलाई सर्वसम्मत स्ववियु सभापतिको उम्मेदवार बनाउने निर्णय गरिएको हो । विष्टले लामो समयदेखि संगठनमा सक्रिय रहँदै नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् । क्याम्पस कमिटी सदस्य, सह-सचिव, सचिव हुँदै उपाध्यक्षको जिम्मेवारीमा रहेका विष्ट विद्यार्थीमाझ लोकप्रिय मानिन्छन् ।

EPIC EPIC EPIC

विष्टले आफ्नो प्राथमिकतामा क्याम्पसको भौतिक पूर्वाधार सुधार, पुस्तकालय स्तरोन्नति, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, स्वच्छ अध्ययन वातावरण निर्माण र प्रशासनिक पारदर्शिता रहने बताएका छन् । ‘कलेजको शैक्षिक सुधार र व्यवस्थापन परिवर्तनका लागि म दृढ छु,’ उनले भने ।

स्ववियु निर्वाचन ५ चैतमा हुँदै छ । त्यसका लागि मंगलबार (आज) उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *