कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिका अन्तर्गत बनियानीमा जेब्रा क्रसिङ् निर्माण भएको छ।
अनेरास्ववियु कचनकवलले कचनकवलमा प्रायः भिडभाड हुने सडकमा जोखिम न्यूनीकरण र विद्यार्थीलाई सडक काट्न सहज होस् भन्ने हेतुले आज चाराली-केचना सडक खण्ड अन्तर्गत कचनकवल-६ को लक्ष्मी मा.वि अगाडी जेब्रा क्रसिङ् निर्माण गरेको अनेरास्ववियु कचनकवलका अध्यक्ष रबिन नेपालले जानकारी दिए।
सो कार्यक्रममा प्रमुख अतिथि बसन्त बानियाँ कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, अनेरास्ववियु झापा जिल्ला अध्यक्ष रोशन लामा, कचनकवल गाउँपालिका नेकपा एमाले इन्चार्ज हरी घिमिरे कचनकवल गाउँपालिका-२ का वडा अध्यक्ष लेखनाथ खत्री र वडा सदस्य गणेश भण्डारी लगायत कचनकवल युवा संघका अध्यक्ष उमेश मिश्र लगायत स्थानिय,युवा र विद्यार्थीको उपस्थिति रहेको थियो भने सो कार्यक्रमको लागी रंग उपलब्ध भने युवा संघका उपाध्यक्ष कमल घिमिरे र युथ फोर्स संयोजक नवराज ढुंगानाले गराएका थिए।



















