Search
Close this search box.
Search
Close this search box.

अन्तरजातीय विवाह गरेका दलित युवा चार दिन देखि बेपत्ता

कर्णाली ।अन्तरजातीय विवाह गरेका एक युवक चार दिनदेखि बेपत्ता छन् । मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी १८ वर्षीया रमिला मल्ला (सुन्तली) सँग विवाह गरेका हुम्ला सर्केगाड गाउँपालिका-४ जैरका १९ वर्षका चन्द्रे कामी बेपत्ता पारिएका हुन् ।

गत ५ मंसिरमा भागेर विवाह गरेका रमिला र चन्द्रेलाई गत बुधबार सुन्तलीको माइती पक्षले घरैबाट उठाएर लगेको थियो ।
प्रहरीका अनुसार सुन्तली आफ्नो घरमा छिन् । तर, चन्द्रेको अवस्था अज्ञात छ ।

EPIC

चन्द्रेको खोजीमा ६ वटा टोली परिचालन गरिएको हुम्लाका डीएसपी हेरम्भ शर्माले जानकारी दिए । उनी स्वयं पाँच जनाको टोलीसहित मुगुतिर गइरहेका छन् । ‘हामी केटी पक्षको गाउँतिर जाँदैछौँ । हिँडेर त्यहाँ पुग्न दुई दिन लाग्छ । भाेलि चुम्च भन्ने ठाउँ पुग्ने याेजना रहेकक उनले बताए ।’

नाताले चन्द्रेकाे दाइ पर्ने गगन लोहारका अनुसार गाउँकै सरस्वती माध्यमिक विद्यालयमा ११ कक्षामा पढ्ने चन्द्रे र सुन्तली दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । ५ मंसिरमा भागी विवाह गरेका उनीहरू केही दिन अर्कै गाउँमा बसेर २४ मंसिरमा नात्ता गाउँस्थित आफ्नो घर फर्केका थिए ।
शिलापत्रबाट

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *