Search
Close this search box.
Search
Close this search box.

अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ठ कार्यक्रम गरेको भन्दै बुधबारे जेसीज क्षेत्र(क)मा सम्मानित

बुद्धशान्ति(पालिका सन्देश) / नेपाल जेसीजको आयोजना तथा बिराटनगर जेसीजको आतिथ्यतामा शुक्रबार र शनिबार भएको क्षेत्र “क” सम्मेलनमा जेसीजका चार क्षेत्र अन्तर्गत अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ठ कार्यक्रम गरेको भन्दै बुधबारे जेसीजले जेसीज अवार्ड प्राप्त गरेको छ।

हालै बुधबारे जेसीज बर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम (भाद्र २२ देखि ३० गते सम्म) अन्तर्गत भएका ७ वटा कार्यक्रम मध्ये अन्तराष्ट्रिय क्षेत्र समेटी बुद्धशान्तिभरिका आधारभुत तहका कक्षा-८ मा अध्ययनरत विद्यार्थीहरुलाई भारतको सिलिगुडीमा अवस्थित साइन्स सीटीको अध्ययन अवलोकन भ्रमण गराएको थियो ।

EPIC EPIC EPIC

बुधबारे जेसीजले भारतीय भुमिमा नेपाली राष्ट्रिय गान गाएर कार्यक्रम सन्चालन गरेको थियो । जेसीज सप्ताह कार्यक्रम मुल संयोजन बुधबारे जेसीजका स्वास्थ्य संयोजक जेसी दुर्योधन(देव) सिंहको रहेको थियो भने सो कार्यक्रमको संयोजन बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरेले गरेको बुधबारे जेसीजका अध्यक्ष जेसी अर्जुन ढकालले पालिका सन्देशलाई जानकारी गराएका छन् ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र” क ” का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी रश्मि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मत कार्की को प्रमुख आतिथ्यता रहेको थियो ।

अन्तर्राष्ट्रिय क्षेत्रको उत्कृष्ट कार्यक्रम अवार्ड प्राप्त गरेकोमा बुधबारे जेसीजले गरेको राम्रो कामको मूल्याकंन भएको अध्यक्ष ढकालले बताए र नेपाल जेसीज परिवारलाई धन्यवाद समेत व्यक्त गरेका छन ।

उनले यो सम्मानले थप उर्जाका साथ जेसीज अभियानमा लाग्ने प्रेरणा मिलेको भनी खुसी व्यक्त गरेका छन् ।

क्षेत्र क सम्मेलनमा बुधबारे जेसीजको तर्फबाट अध्यक्ष लगायत निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराई , पुर्व अध्यक्ष जेसी नन्दकुमार याफु राई , कार्यकारिणी उपाध्यक्ष जेसी अनिल घिमिरे , उपाध्यक्ष जेसी प्रेम गौतम ,कोषाध्यक्ष जेसी राज पौडेल , स्वास्थ्य संयोजक जेसी दुर्योधन सिंह (देव )तथा महासचिब जेसी कुशल अधिकारि लगायतको उपस्थिति रहेको महसचिब जेसी कुशल अधिकारिले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *