Search
Close this search box.
Search
Close this search box.

अन्तु डाँडामा जाडो बढेसँगै पर्यटकको घुइँचो 

इलाम  जाडो याम सुरु भएसँगै इलामको सूर्योदय नगरपालिका वडा नम्बर ५ स्थित अन्तु डाँडामा बिहानीको समयमा सूर्योदयको मनोरम दृश्य अवलोकन गर्ने पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन थालेको छ। 

मेची राजमार्गबाट करिब १५ किलोमिटरको दूरीमा कालोपत्रे सडक छिचोल्दै अन्तु प्रवेश गर्न सकिन्छ। समुद्र सतहबाट २३२८ मिटरको उचाइमा रहेको अन्तु भ्यु प्वाइन्टबाट सूर्योदयको दृश्यसँगै कुम्भकर्ण र कञ्चनजङ्घा हिमालकोसमेत अवलोकन गर्न सकिन्छ। अन्तु डाँडासम्म  पुग्न केही किलोमिटरको पैदल यात्रा गर्नु पर्ने हुँदा स-साना बालक र वृद्धवृद्धाहरूको लागि घोडचडी व्यवसाय उत्तम रोजाइ बन्न पुगेको छ। 

EPIC EPIC EPIC

एकाबिहानैको चिसो वातावरणलाई न्यायको बनाउन अन्तुका जाँगरिला हातबाट बनेका अर्गानिक चिया, प्याजी, सेलरोटी , फापरको रोटी इत्यादि परिकारले पर्यटकलाई आकर्षित गर्दछन्। 

श्रीअन्तु होटल व्यवसायी संघका सचिव पदम प्रसाद ओलीका अनुसार गत कार्तिक महिना सुरु भए सँगै दिनहुँ जसो करिब ३००० देखि ४००० को सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन्।  जस अन्तर्गत आन्तरिक पर्यटकको रुपमा झापा, इलाम, मोरङ र सुनसरीबाट पर्यटक आउने गरेका छन् भने बाह्य पर्यटक अन्तर्गत छिमेकी मुलुक भारतका सिक्किम , दार्जिलिङ , आसाम , गुवाहाटी इत्यादि ठाउँबाट पर्यटकहरूको उपस्थिति हुने गरेको छ। पर्यटकको सुविधाका लागि निर्माण गरिएका दर्जनौँ होमस्टे तथा कलेजहरूमा रात्रिकालीन समयमा संगीतमय वातावरणमा क्याम फायर गरी रमाइलो गर्न पाइनुले पर्यटकहरू अन्तु आउन मोहित हुने गरेको समेत ओलीले बताउनु भयो। 

अन्तु डाँडाको वरिपरि रहेका कोणधारी जङ्गल र अन्य बोटबिरुवाहरूको मनोरम दृश्यमा बिभिन्न म्युजिक भिडियो तथा चलचित्रको सुटिङसमेत हुने गरेको पाइएको छ। बालक देखि वृद्धासम्मको रोजाईमा पर्ने अन्तु डाँडामा घोडचढी गर्दै फोटो खिच्न तथा भिडियो बनाउन पाउँदा पर्यटकहरू अत्यधिक रमाउने गर्दछन्। अन्तु डाँडा नजिकै रहेको  अन्तु पोखरी पनि पर्यटकको उत्तिकै रोजाइमा पर्ने गरेको  पाइन्छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *