Search
Close this search box.
Search
Close this search box.

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार चौधरी पक्राउ

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका-६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०७० माघ १७ गतेको फैसलाले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध माहाशाखा र महानगरीय प्रहरी ‍वृत्त गौशाला काठमाडौंको समन्वयमा काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट पक्राउ गरेको हो ।

EPIC

चौधरी लागायतका प्रतिवादीहरुले २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगंज महानगरपालिका-३२ बाट अपहरण गरी बन्धक बनाएको अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *