अपाङ्गता भएर ओछ्यान लागेका मेचीनगर १५ का एक युवकले घरमै पाए नागरिकताको प्रमाणपत्र

झापा- अपाङ्गता भएर सरकारी कार्यालयसम्म पुग्न नसक्ने मेचीनगर नगरपालिका १५ का एक युवकलाई जिल्ला प्रशासन कार्यालय झापाले घरमै पुगेर नागरिकताको प्रमाण पत्र उपलब्ध गराएको छ।

२०६३ साल माघ २ गते जन्मेका युवराज कार्कीलाई उनकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको कार्यालयका नायव सुब्बा यदुनन्दन दाहालले जानकारी दिए।

EPIC EPIC EPIC EPIC EPIC

मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराईको पहलमा करिब ५ बर्षदेखि ओछ्यान लागेका कार्कीलाई प्रशासकीय अधिकृत मोहनलाल पनेरुद्वारा जारी गरिएको नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो।

सिमकार्ड निकाल्न, राष्ट्रिय परिचय पत्र बनाउनलगायत कामका लागि नागरिकता अनिवार्य हुने गरेको र अब ती काम कार्कीका लागि सहज हुने दाहालले बताए।

उक्त नागरिकताको प्रमाणपत्र सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले युवराजका बुवा रत्नकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *