अपाङ्गता भएर ओछ्यान लागेका मेचीनगर १५ का एक युवकले घरमै पाए नागरिकताको प्रमाणपत्र

झापा- अपाङ्गता भएर सरकारी कार्यालयसम्म पुग्न नसक्ने मेचीनगर नगरपालिका १५ का एक युवकलाई जिल्ला प्रशासन कार्यालय झापाले घरमै पुगेर नागरिकताको प्रमाण पत्र उपलब्ध गराएको छ।

२०६३ साल माघ २ गते जन्मेका युवराज कार्कीलाई उनकै घरमा पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको कार्यालयका नायव सुब्बा यदुनन्दन दाहालले जानकारी दिए।

EPIC EPIC EPIC

मेचीनगर १५ का वडाध्यक्ष गुणराज भट्टराईको पहलमा करिब ५ बर्षदेखि ओछ्यान लागेका कार्कीलाई प्रशासकीय अधिकृत मोहनलाल पनेरुद्वारा जारी गरिएको नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो।

सिमकार्ड निकाल्न, राष्ट्रिय परिचय पत्र बनाउनलगायत कामका लागि नागरिकता अनिवार्य हुने गरेको र अब ती काम कार्कीका लागि सहज हुने दाहालले बताए।

उक्त नागरिकताको प्रमाणपत्र सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले युवराजका बुवा रत्नकुमार कार्कीलाई हस्तान्तरण गरेका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *