त्रिभुवन विश्वविद्यालय रोट्र्याक्ट क्लबद्वारा अपाङ्ग पुनर्स्थापना केन्द्रलाई सहयोग

काठमाडौं / त्रिभुवन विश्वविद्यालय रोट्र्याक्ट क्लबले १० औं संविधान दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष सहयोग अभियान सम्पन्न गरेको छ। क्लबका सदस्यहरूले असोज ३ गते गोकर्णेश्वर–४, काठमाडौंमा अवस्थित अपाङ्ग पुनर्स्थापना केन्द्र नेपालमा पुगेर विभिन्न आवश्यक सामग्री हस्तान्तरण गरेका छन्।

उक्त केन्द्रमा हाल ८ देखि १९ वर्ष उमेर समूहका २६ जना फरक क्षमता भएका र अभिभावकविहीन बालबालिका बस्दै आएका छन्। केन्द्रले बालबालिकालाई निःशुल्क शिक्षा र आश्रयको व्यवस्था गर्दै आएको भए पनि आर्थिक अभावका कारण शैक्षिक तथा स्वास्थ्य सामग्री जुटाउन कठिनाइ भइरहेको थियो। यसै पृष्ठभूमिमा क्लबले ‘Cinema for Cause’ नामक विशेष फण्डरेजिङ कार्यक्रम सञ्चालन गरी सहयोग संकलन गरेको थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमबाट संकलित रकम, क्लबका सदस्यहरूको अतिरिक्त योगदान तथा अन्य सहयोगी दाताहरूको सहयोग मार्फत रु. ३१,६४३ बराबरको स्टेशनरी सामग्री, फिजियोथेरापी उपकरण, स्वास्थ्य सामग्री (First Aid) लगायतका आवश्यक वस्तुहरू केन्द्रलाई हस्तान्तरण गरिएको थियो। साथै, संविधान दिवससँगै दशैं पर्वलाई लक्षित गर्दै क्लबका सदस्यहरूले आफ्नै हातले विशेष परिकारहरू बनाएर बालबालिकालाई खुवाएका थिए। बालबालिकाको खुशी र उत्साह बढाउन विभिन्न खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू पनि आयोजना गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष रोट्र्याक्टर दिपक ढकालले भने, “सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्नु नै रोट्र्याक्ट क्लबको मूल लक्ष्य हो। हाम्रो सानो योगदानले पनि यी बालबालिकाको जीवनस्तरमा ठुलो परिवर्तन ल्याउन सक्छ। हामीले संकलन गरेका सबै सहयोग सही स्थानमा पुग्ने सुनिश्चित गर्छौं र यस्ता सामाजिक अभियानलाई निरन्तरता दिँदै अझ प्रभावकारी परियोजनाहरू अघि ल्याउने हाम्रो प्रतिबद्धता छ।” साथै, उनले यस अभियानलाई सफल बनाउन सहयोग गरेका सम्पूर्ण व्यक्तिहरू, दाताहरू र साझेदारहरू प्रति आभार व्यक्त गरेका छन्।

यस अवसरमा अपाङ्ग पुनर्स्थापना केन्द्रका अध्यक्ष उदय बहादुर लिम्बुले क्लबप्रति आभार व्यक्त गर्दै, यस प्रकारको सहयोगले केन्द्रमा बस्ने बालबालिकाको शैक्षिक, स्वास्थ्य र मानसिक उत्थानमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन।

कार्यक्रममा सहभागीहरूले दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान समेत गरेका थिए, जसले वातावरणलाई अझ आत्मीय र उत्साहपूर्ण बनाएको थियो। त्रिभुवन विश्वविद्यालय रोट्र्याक्ट क्लबले यसअघि पनि विभिन्न सामुदायिक परियोजना, नेतृत्व विकास कार्यक्रम तथा सचेतनामूलक गतिविधि गर्दै आएको छ। क्लबका अध्यक्ष रोट्र्याक्टर दिपक ढकालले आगामी दिनमा अझ धेरै सहयोगी हातहरू जोड्दै सामाजिक उत्तरदायित्वका अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *