अफ स्पीनर सुवास भण्डारी आईसीसीको कारबाहीमा

नेपाली यू–१९ क्रिकेट टोलीका युवा अफ स्पीनर सुवास भण्डारी आईसीसीको ‘कोड अफ कन्डक्ट’ अन्तरगत लेभल १ को नियम तोडेकोमा दोषी पाइएका छन् ।

यू–१९ विश्वकपका दौरान गत बुधबार नेपाल र पाकिस्तानबिचको समूह चरणको खेलमा उनले आईसीसीको ‘कोड अफ कन्डक्ट’ तोडेको बताइएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

पाकिस्तानले ब्याटिङ गरिरहँदा १४ औँ ओभरमा भण्डारीले गलत तरिकाले पाकिस्तानका ब्याट्सम्यान शाहजिब खानतर्फ फ्याँकेका थिए । बलले उनको हातमा लागेको थियो । उक्त खेलमा नेपालले १ सय ९७ रन बनाएको थियो जसलाई पाकिस्तानले ४८ औँ ओभरमा पछ्याउँदै ५ विकेटको जीत हासिल गरेको थियो ।

भण्डारीले आईसीसी कोड अफ कन्डटक्टको आर्टिल २.९ लाई तोडेको आइसीसीले जनाएको छ । कुनै पनि खेलाडीले खेलका दौरान खेलाडीतर्फ वा खेलाडीको नजिक खतरनाक वा गलत तरिकाले बल फ्याँक्न पाउँदैन । कारबाही स्वरूप आईसीसीले भण्डारीको अनुशासनको रेकर्डमा एक ‘डिमेरिट प्वाइन्ट’ थप गरेको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2024/01/194949/

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *