अब कचनकवल गाउँपालिकाबाटै श्रम स्वीकृति लिन सकिने

image search 1682425171482

कचनकवल। झापा जिल्लाको कचनकवल गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९ चैत्र १६ को निर्णयानुसार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलनी नम्बर ३९० को २०७९ चैत्र १९ गतेको पत्र अनुसार वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित सुरक्षित, पारदर्शी तथा सहज बनाउन उदेश्यले यो सुविधा दिने थालिएको हो। वैदेशिक रोजगारी सम्बन्धी सूचना र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृती तथा पुनः श्रम स्वीकृती सम्बन्धी अनलाइन आवेदन गर्ने कार्य यस गाउँपालिकाको रोजगार सेवा केन्द्रबाट दिने सूचनामा उल्लेख गरेको छ।

EPIC EPIC EPIC EPIC EPIC

कचनकवल गाउँपालिकाले वैशाख १बाटै यो काम सुरु गरेको छ। गाउँपालिकाका रोजगार शाखाकी संयोजक रञ्जु ढकालका अनुसार मन्त्रालयको परिपत्रअनुसारनै उक्त काम सुरु गरिएको छ। वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि चन्द्रगढी वा काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत उक्त सेवा पाउने भएका छन् यसअघि अन्यत्रै गएर यस सम्बन्धी स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट तथा लागत पनि बढी लाग्ने गर्थ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुने सेवाग्राहीले आँकलन गरेका छन्।

पुनः ब्यक्तिगत श्रम स्वीकृती लिन आउने सेवाग्राहीले राहदानीको प्रतिलिपि, भिसाको प्रमाणित प्रतिलिपि, दुतावासवाट प्रमाणित सम्झौता पत्रको प्रतिलिपि, पुरानो श्रम स्वीकृतीको प्रतिलिपि,सम्बन्धित मुलुकको परिचयपत्र, इमेल, चेकको छाया प्रति,पासपोर्ट साइजको फोटो, बीमाको कागजात लिएर आउमु पर्ने सूचनामा बताइएको छ।

1682423028083
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *