काठमाडौं । अर्थमन्त्रालयले काममा हुने ढिलासुस्ती अन्त्य गर्न सम्पर्क व्यक्ति तोकेको छ ।
मन्त्रालयले मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट हुने सेवा प्रवाहमा कर्मचारीले गर्नुपर्ने काम नगरेमा सिधै अर्थमन्त्री र मन्त्रालयको इमेलमा खबर गर्न भनेको हो ।
साथै मन्त्रालयले कुनै कर्मचारीले गर्न नहुने काम गरेमा वा अनुचित कार्यका लागि दबाब दिएमा एवं घुस तथा सिसवत माग गरेको भएमा समेत खबर गर्न भनेको छ । त्यति मात्र नभइ काममा ढिलासुस्ती गरी सेवाग्राहीलाई नआवश्यक दुख दिएमा समेत इमेल गर्न वा मन्त्रालयले तोकेको सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न भनेको छ ।
मन्त्रालयले मन्त्रालयकै उपसचिव निरज भट्टराई र शाखा अधिकृत पवित्रा ज्ञवालीलाई सम्पर्क व्यक्ति तोकेको हो । साथै मन्त्रालय दुई मेल समेत गुनासो गर्नका लागि खुला गरेको छ भने हटलाइन नम्बर समेत उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?