अब राति कुकरको सिट्ठी बजाउन र शौचालय फ्लश गर्दा पनि सावधानी अपनाउनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रणका लागि नेपाल प्रहरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गरेको छ।

उपत्यका प्रहरी कार्यालयका अनुसार अब अनावश्यक रूपमा हुने ठूलो आवाजका गतिविधि रोक लगाइनेछ। विशेषगरी राति लाउडस्पीकर, साउन्डबक्स, डीजे, बाजा तथा जुस पसलमा ठूलो आवाज निकाल्न प्रतिबन्ध गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले बिहान ५ देखि ७ बजेसम्म पनि ठूलो स्वरमा बोल्ने, मोटरसाइकल वा अन्य सवारीसाधनमा तीव्र हर्न बजाउने जस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्तै, राति कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा अनावश्यक आवाज आउन नदिने र सिँढी प्रयोग गर्दा समेत ध्वनि न्यून पार्ने गरी सचेतना अपनाउन आग्रह गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *