अब स्वास्थ्य बीमाको प्रथम सेवा निजी संस्थाबाट नहुने

झापा । सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने भएका छन् । स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने निर्णय गरिएको हो ।

यो निर्णयले देशभरका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा व्यापक प्रभाव पार्ने देखिएको छ। हालसम्म यी संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए । स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पठाएको सुचनामा भनिएको छ, ‘प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ ।’

EPIC EPIC EPIC EPIC EPIC

यो निर्णयको सूचना बोर्डका सबै प्रदेश शाखा कार्यालयहरू, जिल्ला सम्पर्क कार्यालयहरू र सूचना प्रविधि शाखालाई पठाइएको छ । शाखा अधिकृत झलकराज जोशीले यस सम्बन्धमा आवश्यक निर्देशन दिएका छन् । यस परिवर्तनले स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने बिरामीहरूमा के कस्तो प्रभाव पार्छ भन्ने विषयमा सरोकारवालाको चासो बढेको छ ।

अब मात्र सरकारी स्वास्थ्य संस्थाहरूबाट प्रथम सेवा विन्दुको सुविधा प्राप्त हुने भएकाले सेवाग्राहीहरूलाई सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूमा जानुपर्ने बाध्यता हुन्छ । यो नयाँ व्यवस्था २०८२ श्रावन १ गतेदेखि लागू हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *