ठगी गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।जिल्ला अदालतले तीदिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको हो ।
शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आइतबारसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अब उनले प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनु पर्ने छ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।



















