अभिमुक्तेश्वर सामुदायिक बन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा सम्पन्न

कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नं २ र ३ मा पर्ने अभिमुक्तेश्वर सामुदायिक बन उपभोक्ता समूहको १५औं वार्षिक साधारण सभा आज एक समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समूहका उपाध्यक्ष पुरारी राजवंशीले गर्नुभएको थियो। कार्यक्रममा झापा जिल्ला महासंघका अध्यक्ष बेद प्रकाश भण्डारी प्रमुख अतिथि रहनुभएको थियो भने स्थानीय महासंघका अध्यक्ष चेतराज भट्टराई, जनप्रतिनिधि विष्णुमाया प्याकुरेल लगायत अतिथिहरूको सहभागिता रहेको थियो।

EPIC EPIC EPIC

सभामा अध्यक्ष पुरारी राजबंशीले संगठनको प्रतिबेदन प्रस्तुत गर्नुभयो। सोही क्रममा लेखा संयोजक हरिप्रसाद निरौलाले आर्थिक वर्षको लेखा तथा वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

विशेष अतिथि चेतराज भट्टराईले सामुदायिक बनका दिगो विकासका लागि स्थानीय महासंघले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमुख अतिथि भण्डारीले सामुदायिक बनमा झाडी सफाइलाई पहिलो प्राथमिकता दिनुपर्ने र सामुदायिक कार्यमा सबै उपभोक्ता एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा सहभागी उपभोक्ताहरूबाट उठाइएका विभिन्न प्रश्नहरूको जवाफ समितिका सहसचिव लेखनाथ खनालले दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन पनि लेखनाथ खनालले गर्नुभएको हो। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि बेद प्रकाश भण्डारीले गर्नुभएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *