नेपाली क्रिकेट टोलीका प्रमुख बलर स्पिनर ललितनारायण राजवंशी अभ्यासका क्रममा घाइते भएका छन् । चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भइरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा राजवंशी घाइते भएका हुन् ।
ललितको बिहीबार शल्यक्रिया गरिँदै छ । शल्यक्रिया पश्चात उनी कम्तिमा पनि ८÷९ हप्ता मैदान बाहिर हुनेछन् । राजवंशीको अभावले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य गुमाउने छ ।
१९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबरसम्म चीनमा हुँदैछ । एसियाका पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् ।
समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् । समूह ए मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । ललितले २३ ओडिआईमा २८ र १२ टी–ट्वान्टी आईमा १० विकेट लिएका छन् ।



















