अभ्यास खेल खेल्न सन्दीप आज दक्षिण अफ्रिका जाने

नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने आईसीसी विश्वकप छनोटको तयारी गर्न आज दक्षिण अफ्रिका जाने भएका छन् । नाबालिग बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेकाले सन्दीपले विश्वकप छनोट प्रतियोगिता खेल्ने नै अन्योल थियो । तर अदालतमा सन्दीपविरुद्धको बलात्कार आरोपको मुद्दाको पेसी आगामी असार २९ गतेसम्मलाई सरेपछि उनले दक्षिण अफ्रिकामा टिमसँगै अभ्यास गर्ने भएका हुन् ।

EPIC

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई दक्षिण अफ्रिका पठाउने तयारी गरिरहेको छ । क्यानका कार्यबाहक सचिव दुर्गाराज पाठकले भने, ‘सन्दीपविरुद्धको मुद्दाको पेसी अब असार २९ गतेसम्मलाई सरेको छ । सन्दीपको भिसा पहिले नै आइसकेको थियो । अब उनलाई टिकट काटेर पठाउने तयारी भइरहेको छ । उनी सोमबार बेलुकासम्म दक्षिण अफ्रिका जानेछन् ।’  

EPIC EPIC EPIC

सन्दीप क्रिकेट खेल्न जान पाउने भएपछि नेपाली क्रिकेट समर्थकमा खुसियाली छाएकाे छ । गत मंगलबार नेपाली टिम दक्षिण अफ्रिका प्रस्थान गर्दा सन्दीप भने आफूविरुद्धको मुद्दा अदालतमा पेसी चढिइरहेका कारण जान पाएका थिएनन् । दक्षिण अफ्रिकामा नेपाली टिमले नेदरल्यान्ड्ससँगै स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । त्यसपछि विश्वकप छनोट खेल्न नेपाली टिम त्यहीँबाट सिधैँ जिम्वाब्वे प्रस्थान गर्नेछ ।

जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा आयोजक राष्ट्र जिम्बाब्वेसँगै विश्वकप विजेता वेष्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, स्कटल्यान्ड र यूएई रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *