Search
Close this search box.
Search
Close this search box.

अमर युवा क्लब बुद्धशान्तिको आयोजनामा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने

पालिका सन्देश । झापाको बुद्धशान्ति गाउँपलिका वडा नं ४ मा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय अमर युवा क्लबको आयोजनामा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

आगामी फागुन १२ गतेदेखी १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष रोसन कटुवालले पत्रकार सम्मेलन मार्फत जनाएका छन् । झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।

EPIC

स्थापनाको छोटो समयका विभिन्न रचनात्मक कार्य गर्दै आएको क्लबले पहिलोपल्ट फुटबल प्रतियोगिता गर्न लागेको हो । स्थानीय विपन्न परिवारका खेल क्षेत्रमा लाग्न चाहाने बालबालिकाका लागि फुटवल खेल खेल्न सहयोग गर्नेसाथे खेल सामग्री प्रदान गर्ने उद्देश्यले खेलको आयोजना गर्न लागिएको क्लबका सचिव देवराज भण्डारीले बताएका छन् ।

बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समिति वडा नं ४ का संयोजक अर्जुन म्याङबोले खेललाई सफल बनाउन समितिले सक्दो सहयोग गर्ने समेत बताएका थिए । बुद्धशान्ति ४ गणेश माविको खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख लाग्ने अनुमान गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *