Search
Close this search box.
Search
Close this search box.

अमेरिकाको कन्सर्टमा पुगेका नेपाली भाषी उमेश दाहालको हत्या, विशाल राई पक्राउ

काठमाडौं । अमेरिकाको एक कन्सर्टमा पुगेका एक नेपाली भाषीको हत्या भएको छ । ४१ वर्षका उमेश दाहालको अमेरिकी समयअनुसार गत शनिबार राति दुई जनाको कुटपिटपछि मृत्यु भएको हो । मंगलबार उनलाई अस्पतालले मृत घोषित गरेको थियो ।

दुई सन्तानका पिता दाहाल अमेरिकी राज्य टेनेसीको राजधानी न्यासभाइलमा यस्तो घटना भएको हो । दाहालको हत्यामा संलग्न व्यक्तिमा एक जना २६ वर्षका नेपाली भाषी विशाल राई भएको बेलायतको डेली मेलले उल्लेख गरेको छ । राई अहिले अमेरिकी प्रहरीको थुनामा छन् ।

EPIC EPIC

डेली मेलका अनुसार झगडामा जोडिएकाहरुलाई मिलाउन खोज्दा दाहाललाई कुटपिट गरेर कंक्रिटको भुईंमा पछारेर टाउकोमा लात्ताले हानेको बताइएको छ । दाहाल भुटानी मूलका नेपाली भाषी अमेरिकी भएको अमेरिकाका नेपाली भाषी अगुवा प्रशन्न संग्रौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

दाहालको विवाह झापाकी दमन्ता काफ्लेसँग भएको थियो । उनीहरुका दुई छोरी छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *