अमेरिकामा उड्ने बित्तिकै घरमाथि खस्यो विमान

काठमाडौं ।  अमेरिकामा एक विमान दुर्घटना भएको छ । आयोवाबाट मिनेसोटातर्फ गइरहेको एउटा सानो विमान ब्रुकलिनमा पार्कमा दुर्घटनाग्रस्त भएको हो ।

यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको छ । यो घटना शनिबार मिनियापोलिसको उपनगर ब्रुकलिन पार्कमा भएको हो  । एकल–इन्जिनयुक्त सोकाटा टीबएएममा कति जना सवार थिए भन्ने कुरा अझै थाहा हुन सकेको छैन  ।

EPIC EPIC EPIC EPIC EPIC

विमानले एक पटकमा ६ जनासम्म बोक्न सक्थ्यो । विमानमा सवार कोही पनि जीवित नरहेको बताइएको छ । घरका बासिन्दाहरू घाइते नभएको तर घर आगलागीबाट पूरै नष्ट भएको स्रोतले जनाएको छ ।

विमान डेस मोइन्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । विमान अनोका काउन्टी–ब्लेन विमानस्थलमा अवतरण हुन जाँदै थियो ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *