अमेरिकामा फेरि विमान दुर्घटना, सबैको मृत्यु भएको आशंका

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा एउटा निजी विमान दुर्घटनाग्रस्त भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसका अनुसार, दुर्घटना शुक्रबार स्थानीय समयअनुसार साँझ ६:३० बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक भएको हो। उक्त विमान एयर एम्बुलेन्स भएको बताइएको छ।

EPIC EPIC EPIC

विमानमा चार चालक दलका सदस्य, एक बिरामी बालक र उनको हेरचाहका लागि आएका व्यक्ति गरी कुल ६ जना सवार थिए। एयर एम्बुलेन्स कम्पनीले जहाजमा रहेका कसैको जीवित रहेको पुष्टि गर्न नसकेको जनाएको छ।

‘यस समयमा हामी कुनै पनि जीवित रहेको पुष्टि गर्न सक्दैनौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विमान धेरै जनघनत्व भएको क्षेत्रमा खसेकाले जमिनमा कति क्षति पुगेको हो भन्ने अझै स्पष्ट छैन। गत साता मात्र अमेरिकामा अर्को विमान दुर्घटना भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *