अमेरिकामा सटडाउन : साढे सात लाख कर्मचारी बिदामा, सरकारी कार्यालय ठप्प

काठमाडौं । समयमा बजेट पास हुन नसक्दा अमेरिकामा सरकार आंशिक रूपमा बन्द (सटडाउन) भएको छ । यसका कारण करिब साढे सात लाख संघीय कर्मचारी बिदामा परेका छन् । तीमध्ये करिब तीन लाखसम्म स्थायी रूपमा नोकरी गुमाउने जोखिममा रहेको जनाइएको छ।

सटडाउनसँगै कृषि, श्रम, पशु चिकित्सा, सर्वोच्च तथा संघीय अदालत, लाइब्रेरी अफ कंग्रेस, अमेरिकी बोटानिकल गार्डेन, पर्यावरण संरक्षण एजेन्सी (EPA) र राष्ट्रिय स्वास्थ्य संस्थानजस्ता निकायका कार्यालयहरू बन्द भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC EPIC

बजेट बिल लगातार असफल

सिनेटमा बुधबार फन्डिङ बिल दोस्रो पटक असफल भयो । समर्थनमा ५५ र विरोधमा ४५ मत प¥यो, तर पास हुन ६० मत आवश्यक थियो। मंगलबारको मतदान पनि असफल भएपछि अक्टोबर १ देखि लागू भएको नयाँ आर्थिक वर्षसँगै सटडाउन सुरु भएको हो।

सिनेटमा ५३ रिपब्लिकन, ४७ डेमोक्र्याट र दुई स्वतन्त्र सांसद छन्। स्वतन्त्र दुवै सांसदले समर्थन गरे पनि रिपब्लिकनलाई आवश्यक डेमोक्र्याटिक समर्थन जुटाउन सकेनन्।

आरोप–प्रत्यारोप

राष्ट्रपति डोनाल्ड ट्रम्पले सटडाउनको दोष डेमोक्र्याट्सलाई लगाएका छन् भने सिनेटका बहुमत नेता जोन थ्युनले पनि डेमोक्र्याट्सलाई ‘कट्टर वामपन्थी दबाब’ मा सरकार बन्द गराएको आरोप लगाए।

तर, सिनेटका अल्पमत नेता चक सुमरले ट्रम्प स्वयं जिम्मेवार भएको दाबी गर्दै भने, “ट्रम्पले स्वास्थ्य सेवा र सामाजिक खर्चमा सम्झौता गर्न नचाहेकै कारण यो संकट उत्पन्न भएको हो।”

तल्लो सदनका सभामुख माइक जोनसनले भने डेमोक्र्याट्सले पहिले नै पास भएको सामान्य फन्डिङ बिल समर्थन गरेको भए यो स्थिति आउनु नपर्ने बताए।

सटडाउनको असर

सटडाउन अवधिमा गैरजरुरी सेवा बन्द हुने भए पनि आपत्कालीन सेवा—जस्तै सीमा सुरक्षा, हवाई यातायात नियन्त्रण र स्वास्थ्य आपत्कालीन सेवा—चालु रहनेछन्। तर, हजारौँ कर्मचारीले तलब बिना काम गर्नुपर्नेछ।

विगत ५० वर्षमा अमेरिकामा करिब २० पटक सटडाउन भएको छ। २०१९ मा भएको ३५ दिन लामो सटडाउनले मात्र अर्थतन्त्रलाई करिब २५ अर्ब डलरको नोक्सान पुर्‍याएको थियो।

ट्रम्पका लागि चुनौती

विश्लेषकहरूले छोटो अवधिको सटडाउन ट्रम्पलाई राजनीतिक लाभ दिलाउन सक्ने तर लामो सटडाउनले अर्थतन्त्रसँगै उनको छविमा पनि धक्का पुर्‍याउने मूल्याङ्कन गरेका छन्। आगामी दिनमा बजेटसम्बन्धी वार्ता र मतदानले यसलाई समाधान गर्ने वा झन् गम्भीर संकटमा धकेल्ने भन्ने निर्क्यौल हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *