अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

काठमाडौँ । अमेरिकाको मिनेसोटा राज्यमा शनिबार बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले ‘भयानक हिंसा’को निन्दा गर्दै दोषीलाई ‘कानुनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताएका छन् । राज्यका पूर्वसभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उनका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।

होर्टम्यानको निवास नजिकै अधिकारीहरूसँग गोली हानाहान हुँदा संदिग्ध बन्दुकधारी भाग्न सफल भएको इभान्सले पत्रकारहरूलाई बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *