अमेरिकाले रोक्यो एमसीसी, नेपाललाई थप अप्ठ्यारो !

काठमाण्डौ । अमेरिकाले बहुचर्चित र विवादास्पद अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)अन्तर्गतका सबै सहयोग रोकिदिएको छ ।  

EPIC

एमसीसीले फागुन २ गते इमेलमार्फत नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित एमसीसी फण्डबाटबाट भुक्तानी हुने सबै सहयोग रोकिएको जानकारी दिएको अर्थ मन्त्रालयले जनाएको छ । 

EPIC EPIC EPIC

एमसीसी रोकिँदा झण्डै १ खर्बका आयोजनाहरुको काम समेत ठप्प हुने देखिएको छ । अमेरिकी निर्णयका कारण नेपाललाई पछिल्लो समय एकपछि अर्को झट्का लाग्दै आएको छ । एमसीसीको सहयोग रोकिएको आधिकारिक पुष्ट्याई सम्बन्धी खबर यसकै पछिल्लो श्रृंखला हो । 

मन्त्रालयले आज जारी गरेको एक विज्ञप्तिअनुसार एमसीसी फण्डबाट भुक्तानी हुने सबै कृयाकलापहरु अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको जानकारी दिइएको प्रष्ट्याएको हो ।  

एमसीसी रोकिँदा झण्डै १ खर्बका आयोजनाहरुको काम समेत ठप्प हुने देखिएको छ । अमेरिकी निर्णयका कारण नेपाललाई पछिल्लो समय एकपछि अर्को झट्का लाग्दै आएको छ । एमसीसीको सहयोग रोकिएको आधिकारिक पुष्ट्याई सम्बन्धी खबर यसकै पछिल्लो श्रृंखला हो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *