Search
Close this search box.
Search
Close this search box.

अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालले अमेरिकाविरुद्धको टी–२० आई क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 

नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङ गर्ने निर्णय दिएका हुन् ।

EPIC EPIC

नेपाल एक खेलअघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । 


तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा शुक्रवार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । 

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल आइतवार बिहान ५ः४५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने यो खेलमा भने समावेश भएका छन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *