अमेरिका जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा परराष्ट्रमन्त्री डा. आरजु राणालगायत सहभागी हुनुहुने छ । 

EPIC EPIC EPIC

मन्त्री भण्डारीका अनुसार मन्त्रीपरिषद् बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । लामाले केही समयअघि रेडियो नेपालबाट २५ वर्ष सेवाअवधि पूरा गरेर स्वैच्छिक अवकाश लिनुभएको थियो ।  

बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई ६५ लाख रुपियाँ नगद पुरस्कार दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलाडीसहित प्रशिक्षकलाई पाँच लाख ८५ हजार रुपियाँ र टिम व्यवस्थापनका लागि दुई लाख ९२ हजार रुपियाँसहित सम्मान प्रदान गर्ने निर्णय भएको बताउनुभयो । 

मन्त्री गुरुङले आर्थिक वर्ष २०८१/८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दुधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानी गर्न प्रविधि सुधार तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड ऋण भुक्तानी गर्न स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो । उक्त निर्णयपछि दुध किसानले पाउनुपर्ने भुक्तानी पाउने उहाँले बताउनुभयो । अर्थ मन्त्रालयले सर्तसहित ऋणका लागि भदौ १७ गते सहमति दिएपछि मन्त्रीपरिषद्को बैठकले ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध किसानको बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने पहल गर्नुभएको थियो । हाल दुग्ध किसानको एक अर्ब ५४ करोड रकम बक्यौता छ ।

चालु आव २०८१/८२ का लागि डिडिसीका नाममा ऋण लगानी अन्तर्गत एक करोड रुपियाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड रुपियाँ ऋण लगानी गर्ने निर्णय भएको हो ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *