काठमाडौं । आज २०८१ पुस ०२, डिसेम्बर १७, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज फेरि अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ ।
आज अमेरिकी डलर १ को खरिद दर १३५.०९ रुपियाँ र बिक्री दर १३६.०९ रुपियाँ पुगेको छ । हिजो भने खरिद १३५.३७ रुपियाँ र बिक्री १३५.९७ रुपियाँ थियो ।
सोमबार कतारी रियाल १ को खरिद र ३७.१३ रुपियाँ र बिक्री दर ३७.३० रुपियाँ रहेकामा यसदिन सामान्य बढेर खरिद ३७.१७ रुपियाँ र बिक्री ३७.३३ रुपियाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी यूएई दिराम १ बराबर खरिद दर ३६.८९ रुपियाँ र बिक्री दर ३७.०५ रुपियाँ निर्धारण गरिएको छ । जबकि अघिल्लो कारोबार दिनमा खरिद ३६.८६ रुपियाँ र बिक्री ३७.०२ थियो ।