Search
Close this search box.
Search
Close this search box.

अरुण गाउँपालिकाको खर्च ८४ प्रतिशत भोजपुर

भोजपुरको अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३ दशमलव ७३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले शुक्रवार आ.व. २०८०/०८१ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ र आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनीकीकरण कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको ८३ दशमलव ७३ प्रतिशत खर्च भएको बताउनुभयो । उहाँका अनुसार कुल ४५ करोड ७१ लाख ४८ हजार ६ सय रुपैयाँ मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिशत अर्थात् ४२ करोड ३४ लाख पैसा खर्च गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरण अनुसार चालु खर्च तर्फ ३० करोड ४१ लाख ९७ हजार ८ सय ५ रुपैयाँ अर्थात् ९० दशमलव १५ प्रतिशत र पुँजीगत खर्च तर्फ ११ करोड ९१ लाख ६८ हजार ३ सय बत्तिस रुपैयाँ अर्थात् ७० दशमलव ८६ प्रतिशत खर्च भएको छ । । यो चालु र पूजिगत तर्फ ८३ दशमलव ७३ प्रतिशत हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । पालिकामा भएका पूर्वाधार विकास सँगै स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाहलाई समेत कार्यक्रममा प्राथमिकता गरेको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको भनाई छ । गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले पालिकाको समग्र विकासका लागी जनप्रतिनिधि, राजनैतीक दल, नागरिक समाज, जनप्रतिनिधि लगायत सरोकारवालाहरूको साझा धारणा आवश्यक रहेको बताउँदै यसका लागी आफूहरू निरन्तर सहकार्य र समन्वयमा काम गर्दै आएको बताउनुभयो । त्यस्तै पालिकाले जारी गरेको विभिन्न नीतिहरुमध्ये शिक्षा नीति तर्फ पालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने, अरुण बहुमुखी क्याम्पस सञ्चालन गर्ने, शिक्षकसँग कार्य सम्झौता गर्ने, १० बर्से शैक्षिक योजना कार्यान्वयन गर्ने, मातृभाषा सहितको स्थानीय पाठ्यक्रम प्रभावकारी कार्यान्वयन गर्ने लगायत स्वास्थ्य, यातायात, कृषि, पूर्वाधार लगायत नीति सार्वजनिक गर्नुभएको थियो ।
यस्तै गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी गत असार १७ गते पालिकाको १४ औँ गाउँसभाले सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा बजेट आज सार्वजनिकीकरण समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले अरुण गाउँपालिका अध्यक्ष नारायण घिमिरेले जनताका माग र आवश्यकतामा आधारित विकासलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभयो । यता, जनता समाजवादी पार्टीका अध्यक्ष सुजन खिम्बुले राईले नीति कार्यक्रम अनुसार बजेट व्यवस्थापन गरी गाउँका समस्याहरूलाई दीर्घकालीन समाधानमा जोड दिनुभयो । अरुण बाल क्लबकी अध्यक्ष युनीसा बस्नेतले पालिकाले बालबालिकाको क्षेत्रमा गरेको क्रियाकलापहरू उत्कृष्ट भएको र आगामी दिनमा यसलाई निरन्तरता दिन माग गर्नुभयो । भवानी श्रेष्ठले पालिकाले दीर्घकालीन लक्ष्य, अद्यावधिक योजना तर्जुमा गरी सोहि अनुसार बजेट नीति तथा कार्यक्रम सञ्चालन गर्न सके राम्रो हुने सुझाव दिनुभयो ।
सोहि अवसरमा पालिका स्थित शालिकराम लुइँटेल, सञ्जीव घिमिरे, सुन्दर मगर, अर्जुन विष्ट, खगेन्द्र मगर, हेमन्त कुवर, कोपिला खड्का बुढाथोकी गरी ६ जना कर्मचारीलाई बर्सभरि उत्कृष्ट सेवा प्रवाह गरे बापत प्रोत्साहन स्वरूप उत्कृष्ट कर्मचारीको रुपमा सम्मान तथा पुरस्कृत गरिएको छ ।
गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा, १ देखी ७ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, पालिका स्थित राजनैतीक दल, वडाका जनप्रतिनिधिहरू, सामाजिक सङ्घ संस्था, सरोकारवाला लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *