penn state jersey deuce vaughn jersey florida jersey florida jersey deuce vaughn jersey justin jefferson lsu jersey custom ohio state jersey custom ohio state jersey oregon football jerseys fsu jersey brandon aiyuk jersey fsu jersey deuce vaughn jersey justin jefferson lsu jersey brandon aiyuk jersey
भोजपुर । अरुण गाउँपालिकाको समग्र विकासका लागी व्यक्तिगत स्वार्थ भन्दा माथी उठि तत क्षेत्रबाट लागी पर्न अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले सबैलाई आव्हान गर्नुभएको छ । शुक्रबार गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को पहिलो चौमासीक सार्वजनीक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो, “पालिकाको समग्र विकास निमार्णका लागी हामीले सकरात्मक भूमीका सहित एकजुट भएर लाग्नु पदर्छ । हामीसगँ सिमित श्रोत र साधन छ, यसले जनताको असीमित मागहरु सम्बोधन गर्न कठिनाई हुन्छ । तपाई हामीले व्यक्तिगत तथा संस्थागत पहलमा प्रदेश र संघिय सरकारबाट योजनाहरु ल्याउन सकेमा थेरै समयमा नै गाउँको विकास हुन्छ । पालिका स्तरबाट शिक्षा,स्वास्थ्य,कृषी, खानेपानी,यातायात, सडक पुर्वाधार लगायत विकासका पुर्वाधारको क्षेत्रका प्रगती तथा अपेक्षित उपलब्धीहरु हासील हुदै आएका छन् । भने, सुशासन,पार्दशीता, प्रभावकारीता र नागरिक चासोका विषयमा समेत हामी सजग छौँ ।”
कार्यक्रमका प्रमुख अतिथि तथा संविद्यान सभा सदस्य लोकमणी ढकालले आगामी दिनमा पालिकासगैँ वडास्तरीय सार्वजनीक सुनुवाई कार्यक्रम सञ्चालन गर्न सबै वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो । साथै उहाले कृषि क्षेत्रको विकासका लागी ग्रामीण उद्यम, कृषी उपज बजारीकरण तथा आपुर्तीका लागी कृषि एम्बुलेन्स सञ्चालन, चिस्यान केन्द्र निमार्ण लगायतमा ध्यान दिन आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष विनिता ढकालले संघ,प्रदेश र स्थानीय तहविचको अधिकारका बारेमा अन्योल भएका कारण काम गर्न केहि बाधा भएपनी स्थानीय तहलाई प्रदान गरेको कानुनका आधारमा जनतालाई सेवा प्रवाह गर्दै आएको बताउनुभयो । साथै उहाले पालिका क्षेत्रमा सञ्चालीत योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन भएको समेत दावी गर्नुभयो ।
यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खतीवडाले सार्वजनीक सुनुवाईमा उठान भएका विषयले थप कार्य सञ्चालनमा सहजता हुने बताउनुभयो । उहाले भन्नुभयो,“पालिका भरीका स्थानीयहरुले दिएको प्रतिक्रियाका आधारमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने छौँ । कार्यक्रमको चरणमा सहभागीले गरेका प्रश्नहरुको उत्तर दिदै स्थानीय पाठ्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन, फुसको छानो, शिक्षा क्षेत्रको सुधार, स्थानीय टेम्पे तथा सवारी भाडा , सहकारी ऐन निमार्ण लगायतमा आफुहरु लागी पर्ने बताउनुभयो ।”
त्यस्तै नेकपा एमाले अरुण गाउँपालिकाका अध्यक्ष नारायण घिमिरेले पालिकामा भएको जेसीबी, एम्बुलेन्सको सञ्चालन, रसायनीक मलको पर्याप्तता, प्रधानमन्त्री रोजगारमा छनौट, फुसको छानो, गाउँपालिका भवन विवाद लगायत विषय उठान गर्नुभएको थियो । नेपाली काङग्रेसका सचिव राम आर्चायले पालिकाले सहकारी सञ्चालन सम्बन्धी ऐन, नीति नियम तथा कानुन बनाउन तथा निमार्ण भएका कानुन संशोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै उहाले योजना सम्झौता समयमै गर्नुका साथै प्रभावकारी लागत स्टिमेट निमार्णमा जोड दिन समेत सुझाउनुभयो ।
यता, कविता राईले महिला, बालबालीका तथा जेष्ठ नागरीक लगायत विषयगत क्षेत्रमा बजेट व्यवस्थापन कमजोर भएको र यसलाई आगामी दिनमा सुधार गर्न सुझाउनुभयो । भने लक्ष्मी अधिकारीले स्थानीय सरकारले लिदै आएको घरघुरी कर जस्ता राजस्व शुल्क घटाउन आग्रह गर्नुभयो ।
राजन श्रेष्ठले जग्गा वर्गीकरण सगैँ पालिका भरी गुडने सवारी साधनका लागी भाडादर निर्धारण गर्न माग गर्नुभयो ।
त्यस्तै बल बहादुर दाहालले अपांगता भएका व्यक्तिहरुका लागी पालिकाले कुनै विशेष कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप लगाउदै अपांगता भएका व्यक्तिले पाउनुपर्ने सेवा सुविद्या र राज्यको निति निमार्ण लगायत क्षेत्रमा अपांगता भएका व्यक्तिहरुको सहभागीता गराउन माग गर्नुभयो । भने लक्ष्मी खत्रीले पालिकाले बालमैत्री सूचक परिपालना सगैँ बालबालिकाको हक, अधिकारी सुनिश्चीतताका लागी आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै बबिन्द्र रसाइलीले स्थानीय जनतासगँ सम्बन्धीत विकास निमार्णमा जोड दिदै याकुको वडा भवन निमार्णमा लागी पर्न सबैलाई आग्रह गर्नुभयो । चुडामणी दाहालले स्थानीय नागरीकहरुलाई जग्गा वर्गीकरणको विषयले धेरै समस्या भएको उल्लेख गर्दै यसमा जानकार रहन जनप्रतिनिधि र कर्मचारी सबैलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष गणेश राईले योजनाको अनुगमन प्रभावकारी बनाउन आफुहरु लागी रहेको बताउनुभयो । भने, वडाध्यक्ष युवराज ढकालले वडा भवन निमार्ण प्रक्रिया जारी रहेको जानकारी दिनुभयो । साथै वडाध्यक्ष कुमार थापाले पालिकाले सुशासन,पारदर्शीता तथा उत्तरदायीत्वको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको बताउनुभयो ।
सहभागीहरु सुजन खम्बुले, खेम भुजेल, दघिराम गौतम, इश्वर भण्डारी, मिलन कुमार राई लगायत अन्य सहभागीहरुले पालिका भरीको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर विकासमा पालिकाले योजनावद्ध अगाडि बढन् आग्रह गर्दै पालिका क्षेत्रमा कम्तीमा एउटा प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न माग गर्नुभयो ।
सार्वजनीक सुनुवाई कार्यक्रममा पालिका स्थित सम्पुर्ण सरोकारवाला, नागरीक समाज, राजनैतीक दल, सरकारी एंव गैरसरकारी निकाय, शैक्षिक संस्थाका प्रमुख एंव प्रतिनिधि लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।





