Search
Close this search box.
Search
Close this search box.

अरुण गाउँपालिका चम्पेको वार्षीक समिक्षा तथा टोल विकास सुझाव संकलन सम्पन्न

भोजपुर । अरुण गाउँपालिका–२ चम्पेले आव २०८०/०८१ को वार्षिक समिक्षा तथा टोल विकास सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । वडाले चालु आव तथा आगामी आवमा गर्ने टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास सुझाव संकलन कार्यक्रम र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सदस्य देवी तामाङ राईले जानकारी दिनुभयो । वडाध्यक्ष इन्द्र बहादुर पुलामी मगरले टोल विकास समिति, राजनैतीक दल, स्थानीय वुद्धिजिवि, स्थानीय नागरीकहरुले टोलको विकासका लागी भएका कार्यक्रम, योजना, बजेट तथा नीति नियम निमार्ण तथा कार्यान्व्यनको अवस्थाको बारेमा गरेका प्रश्नहरुको जवाफ दिदै स्थानीय तहको निर्वाचन पश्चात् गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधारहरुको तुलनात्मक विकास भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, आव २०८०÷०८१ मा वडाले २७ वटा योजना सञ्चालन गरेको थियो, सबै योजनाको कार्य सम्पन्न हुने अन्तिम चरणमा रहेको छ, यसले वडाको प्रगति उत्कृष्ट रहेको जनाउँदछ । वडामा बाह्रैमास सञ्चालन हुने कृषि सडक, खानेपानी, स्वास्थ्य र शिक्षामा गुणस्तरीयता, सिँचाई लगायत कृषिमा आत्मनिर्भर हुन गुरुयोजना सहित आफूहरू लागी परेको समेत वडाध्यक्ष मगरले बताउनुभयो ।
स्थानीय राम आचार्य, मनोज राई, जगत सारु, लिला आले मगर, तुलसी देवी राई, टिका प्रसाद आचार्य, राजतैतीक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय लगायतले वडाको भौतीक संरचना, टोल विकास समितिले सिफारिस गरेका योजना कटौती, सहकारी सञ्चालनका नीति नियम, योजना संशोधन, राजस्व सङ्कलन लगायतको बारेमा गुनासो, सुझाव सल्लाह प्रदान गरेका थिए । उक्त गुनासाहरूलाई सम्बोधन गर्दै वडाध्यक्ष इन्द्र पुलामी मगरले टोलका सम्पूर्ण योजनाहरूलाई वडामै सम्बोधन गर्न आर्थिक श्रोत नहुने भएकाले अत्यावश्यक र महत्त्वपूर्ण मानेका योजनाहरू पालिका, प्रदेश र सङ्घमा सिफारिस गर्दै आएको उल्लेख गर्नुभयो भने समग्र वडाको विकासका लागी सबैसरोकारवालासगँको हातेमालोको विकल्प नभएको समेत अध्यक्ष मगरले बताउनुभयो ।
वडाध्यक्ष इन्द्र बहादुर पुलामी मगरको अध्यक्षतामा भएको कार्यक्रममा गाउँकार्यपालिका सदस्य तथा वडा सदस्य देवी तामाङ राई, वडा सदस्य शिव कुमार खत्री, लिला ब रैका मगर, वडाका कर्मचारी, वडा स्थित सम्पूर्ण राजनैतीक दलका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधि, नागरीक आर्युवेदका प्रमुख, ९ वटै टोलका टोल संयोजक, महिला संयम सेविका, वडा क्षेत्रका विद्यालयका प्रधानध्यापक, सहकारीका प्रमुख, अपांगता, महिला, बालबालीका सञ्जालका प्रमुख एंव प्रतिनिधि, सरकारी एवं गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरू लगायत स्थानीय गरी ६७ जनाको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *