Search
Close this search box.
Search
Close this search box.

अरुण गाउँपालिका–४ चरम्बी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा

भोजपुर । अरुण गाउँपालिका–४ चरम्बी, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । आइतबार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो । वडाले स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरेका मापक र सुचांकहरु पुरा गरेसँगै वडालाई औपचारीक कार्यक्रम आयोजना गरी बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको वडाध्यक्ष जंग बहादुर राईले बताउनुभयो । उहाँका अनुसार, “वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरू पुरा गर्न वडा स्थित विद्यालय, बाल सञ्जाल, नागरिक समाज, राजनैतीक दल लगायत सरोकारवाला सबैको महत्त्वपूर्ण भूमिका छ, यसलाई आगामी दिनमा पूर्णता प्रदान गर्न समस्या र चुनौती थुप्रै छन् । यसका लागी सबैले ततः क्षेत्रबाट सहयोग गर्न आवश्यक छ ।” वडाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका– २०७८ र बाल मैत्री स्थानीय शासन घोषणा कार्यविधि –२०७९ अनुसारका ५१ वटा सूचकहरू पुरा गरेको छ । वडाले बाल बचाउको क्षेत्रमा १४ सूचक, संरक्षणको क्षेत्रमा १० वटा सूचक, बाल विकासमा ६ वटा सूचक, सहभागीमा ६ र संस्थागतमा जम्मा १५ वटा गरी ५१ वटा सूचक पूरा गरेको छ ।
पालिकालाई आगामी वर्ष स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्ने अभियान अन्तरगत प्याउली, चरम्बी हुदै ७ वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरी पालिकालाइनै बालमैत्री स्थानीय शासनमैत्री गाउँपालिका घोषणा गर्ने उद्देश्यका साथ काम गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो’ “पालिकामा भएका सम्पूर्ण बालबालिका विरुद्ध हुने सबै खाले हिंसाहरू, यातनाहरू, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध गाउँपालिका बनाउन आफूहरू निरन्तर लागी परेका छौँ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक , स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय शासन निर्देशिका २०७८,घोषणा कार्यविधि २०७९, तथा विवाह सम्बन्धी विभिन्न ऐन कानुन, बालबालिका ऐन २०७५, बालश्रम निषेध ऐन २०५६, घरेलु हिंसा निषेध ऐन २०६६, अरुण गाउँपालिकाको बालबालिका सम्बन्धी नीति, नियम तथा आचारसंहिता २०८१ को पालना गर्दै अरुण गाउँपालिका ४ चरम्बीलाई पालिकाको दोस्रो बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरेको उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । कार्यक्रममा बोल्दै अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडालाई दिगोपना दिन पालिकाको तर्फबाट सदैव सहयोग गर्ने प्रतिबद्धता जाएर गर्नुभयो ।
त्यस्तै कार्यक्रममा उपस्थित राजनैतीक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, बाल सञ्जालका प्रतिनिधि लगायत सरोकारवालाहरूले बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा हुनु गर्वको विषय भए पनि यसलाई कार्यान्वयनमा लान निकै चुनौती भएको बताएका छन् । यसलाई पूर्णता दिन आगामी दिनमा वडाले प्रत्येक कार्यक्रममा बालबालिकाको सहभागिता बढाउनु पर्ने, बजेट तथा नीति नियममा सहभागिता गराउनुपर्ने, बालबालिका सँग सम्बन्धित हक अधिकारका बारेमा पुर्ण जानकार भई कार्यान्वयन गर्नुपर्ने, बालबालिकाले पाउनुपर्ने नैर्सगीक अधिकारहरू शिक्षा, स्वास्थ्य, आवास लगायतका विषयमा विशेष जोड दिनुपर्ने सुझाएका छन् ।
बाल मैत्री वडा घोषणा गर्नमा विभिन्न तवरबाट सहयोग गर्ने बाल सञ्जाल, महिला सञ्जाल, स्वास्थ्य चौकी, वडाका विद्यालयहरू, महिला संयमसेवीका, टोल विकास संस्था लगायतलाई सम्मान समेत गरिएको थियो ।
वडाध्यक्ष जंग बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष शालिकराम खत्रीको प्रमुख आतिथ्यता सगैँ उपाध्यक्ष विनिता ढकाल, प्र.प्र.अ मणिराम खतिवडा, वडाध्यक्ष युवराज ढकाल, गणेश टंका राई, कुमार कार्की, वडाका जनप्रतिनिधि, टोल संयोजकहरू, नागरिक समाज, बाल सञ्जाल, महिला सञ्जाल, वडा स्थित विद्यालयका प्रधानाध्यापक, संयम सेविका, राजनैतीक दलका प्रतिनिधि लगायत सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *