अर्जुनधाराको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा एक पुरुषको मृत्यु

बिर्तामोड। झापाको एक स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको ज्यान गएको छ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१४, बाफल घर भई हाल दुई महिनादेखि झापाको बिर्तामोड नगरपालिका–११, बसपार्कमा बस्दै आएका ४० वर्षीय केशव पाठक रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

मंगलबार साँझ झापाको अर्जुनधारा नगरपालिका–११ स्थित माता मन्दिर नजिकै रहेको सीएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा पाठक डुबेर गम्भीर घाइते भएका थिए। तत्कालै साथमा रहेका साथीहरूले उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पुर्‍याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *