अर्जुनधाराका दुनुवार झापाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति

झापा। झापा अर्जुनधाराका श्याम दनुवार झापा जिल्लाबाट फिफा रेफ्री बन्ने पहिलो व्यक्ति भएका छन् ।

दनुवार फिफा रेफ्रीको सूचीमा परेसँगै झापाली फुटबलमा एउटा इतिहास कोरिएको छ । हाल मुख्य रेफ्री रहेका उनी सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका हुन् । मुख्य रेफ्री भए पनि उनी माथिल्लोस्तरको प्रतियोगितामा पहिलो रोजाइका रेफ्री हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट झापा जिल्ला फुटबल रेफ्री संघका अध्यक्षसमेत रहेका दनुवार परेका हुन् । अर्जुनधारा ६ स्थित कप्तानबारीका दनुवार यसअघि एन्फा ए ग्रेड रेफ्री हुन् । उनले सन् २०१८ मा नेसनल कोर्स गरेका थिए । चार वर्षयता एन्फा ए ग्रेड रेफ्री उनले २०६८ सालदेखि निर्णायकको भूमिका निभाउँदै आएका छन् । झापाको फुटबलको इतिहास निक्कै पुरानो रहेको र खेलाडीहरु अन्तर्राष्ट्रियस्तरका भए पनि रेफ्री भने फिफा सूचीमा पर्न सकेका थिएनन् ।

मुख्य रेफ्री दनुवारसँगै सहायक रेफ्रीत्रय हरिश कार्की, प्रकाश भुजेल र मेरिना धिमाल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्री सूचीमा परेका छन् ।

फिफाले सन् २०२४ का लागि जारी गरेको फिफा रेफ्री सूचीमा नेपालको तर्फबाट कुल १२ रेफ्री परेका छन् । गत वर्षबाट संख्या घटबढ नभए पनि चार रेफ्री भने परिवर्तन भएका हुन् । झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गर्दा प्रकाशनाथ श्रेष्ठ भने फिफा सूचीबाट बाहिरिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *