झापा, असोज ११। अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक जना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ ।
नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँगै पिछा गरेको र उनीहरुलाई जंगलमा भेटेपछि घटना सार्वजनिक भएको थियो ।
स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसंग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा बस्नेतकी श्रीमतीले वस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ । पछिल्लो समय झापासहित पूर्वमा कार्यरत सरकारी कर्मचारीको यस्ता अनैतिक गतिविधि बढेको पाइएको छ ।
यसअघि दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुवल्लभ निरौला, माई जोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अनैतिक गतिविधिको घटना सार्वजनिक भएको थियो । योसँगै अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख बस्नेतको यस्तो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।-पूर्वाञ्चल दैनिकबाट