अर्जुनधाराको बिरिङ खोलामा भासिएको पुल दुई वर्षदेखि जस्ताको तस्तै, यत्रु जोखिममा

झापा — अर्जुनधारा नगरपालिकाको बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म पुनर्निर्माण हुन सकेको छैन। अर्जुनधारा हुँदै विर्तामोड–इलाम जोड्ने मुख्य सडकमा पर्ने यो पुल भासिएपछि स्थानीयवासी जोखिम मोलेर साना सवारीसाधन गुडाइरहेका छन्।

स्थानीय बासिन्दा मेघराज रम्तेलले पुल मर्मत वा पुनर्निर्माणमा सरकार उदासीन देखिएको गुनासो गरेका छन्। “पहिलो वर्ष बजेट नपरेको होला भनेर पर्खियौं, तर दोस्रो वर्ष पनि केही नभएपछि अब चिन्ता बढेको छ,” उनले भने।

EPIC EPIC EPIC EPIC

हिउँदमा केही हदसम्म सवारी चल्ने गरे पनि बर्खायाममा यो पुल पूर्ण रूपमा बन्द हुने गरेको छ। पुलको माथिल्लो भाग भासिएर खोलामा पुगिसकेकाले अहिलेको संरचना पूर्णरूपमा प्रयोगविहीन छ। बर्खाको समयमा खोलाको बाढी पुलमाथिबाट बग्ने गरेकाले दुर्घटनाको जोखिम अझै बढेको छ।

अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईका अनुसार नगरपालिकाले पुल निर्माणका लागि संघीय सरकारसँग सहयोग मागेको छ। “सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले स्थल निरीक्षण गरिसक्नुभएको छ,” सेढाईले बताए, “आगामी वर्षको बजेटमा यो पुल समेटिने आशा गरेका छौं।”

उनका अनुसार नगरपालिकासँग आफ्नै स्रोतबाट पुल निर्माण गर्न सक्ने क्षमता छैन। अहिलेको अवस्थामा मर्मत सम्भव नरहेको र नयाँ पुल निर्माणको आवश्यकता रहेको उनले बताए।

२०६५ सालमा भारत सरकारको दुई करोड रुपैयाँ सहयोगमा बनेको सो पुलले लामो दूरीका यातायातका साधनहरू आवतजावत गर्ने मुख्य मार्गको रूपमा भूमिका खेलेको थियो। तर सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाका अनुसार चालु आर्थिक वर्षको योजना सूचीमा यो पुलको नाम समावेश छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *