Search
Close this search box.
Search
Close this search box.

अर्जुनधाराबाट बालिका बलत्कार प्रयासमा एकजना पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाबाट बालिका बलत्कार प्रयासको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार साँझ पाँचथर मिक्लाजुङ ४ घर भइ अर्जुनधारा ६ मा आफन्तकाे घरमा बस्दै आएका ४३ वर्षीय एकलब्य राईलाई प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो ।

EPIC

प्रहरीका अनुसार कवाडी सामग्री संकलन तथा सिटी सफारी चलाउने राईले बिर्तामोडकी १० वर्षीया बालिकालाई ललाइफकाई पैसा दिने लोभ देखाएर बलत्कार प्रयास गरेका थिए ।

आरोपी राईले बिर्तामोड ५ निवासी बालिकालाई साँझतिर साइकलमा चढाएर अर्जुनधारा ६ स्थित कप्तानबाडी नजिक रहेको चिया बगान लिएर गएका थिए ।

साँझ परेपछि बालिकाले साइकल रोक्न लगाएर भागेपछि राईले खेदाउँदा स्थानीयले पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । आरोपी राईको साथबाट प्रहरीले साइकलसहित घरेलु हतियार बरामद गरेको जनाएको छ ।

शनिश्चरे प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराइ इलाका प्रहरी कार्यालय बिर्तामोडमा थप अनुसन्धानका लागि बुझाएको छ । आजै पीडित बालिकाकी परिवारले जाहेरी दिएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *