Search
Close this search box.
Search
Close this search box.

अर्जुनधारामा अपाङ्गता रोकथाम कार्यक्रम सञ्चालन हुने

अर्जुनधारा, १९ असार । झापाको अर्जुनधारा नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ ।

एक कार्यक्रमका बीच अर्जुनधारा नगरपालिका र करुणा फाउण्डेशन नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी साउन १ गतेबाट २०८४ असार ३२ गतेसम्म नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने उक्त कार्यक्रमको लागि नगरपालिका र फाउण्डेशनबीच सम्झौता भएको हो ।

EPIC

नगरपालिकाकोतर्फबाट नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ र साझेदार संस्थाकोतर्फबाट फाउण्डेशनका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी सम्झौता पत्रको रोहवरमा नगर उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, महिला तथा बालबालिका शाखा प्रमुख सूर्यमाला पन्दाक, फाउण्डेशनका कार्यक्रम अधिकृत अंकित पाठक, पालिका संयोजक सुरेन्द्र गिरी र अपाङ्गता स्वावलम्वन समाज अर्जुनधाराका अध्यक्ष केवल बाँनियाले हस्ताक्षर गरेका छन् ।

पाङ्गता भएका व्यक्तिहरुको बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन निर्देशिका, २०७६ बमोजिम कोशी प्रदेशका विभिन्न पालिकाहरुमा उक्त कार्यक्रम सञ्चालनको लागि कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशन नेपालबिच २०७६ असोज ८ गते सम्झौता भएको थियो ।

सम्झौता पत्रमा स्वामित्व, कार्यक्रम सम्झौताको अवधि, लागत साझेदारी, लेखाङ्कन र लेखा परीक्षण, कार्यक्रम सञ्चालनका मार्गदर्शन, सर्वेक्षण, समिक्षा, मूल्याङ्कन तथा प्रतिवेदन, विवाद समाधान तथा सम्झौता संशोधन, प्रचलित कानून बमोजिम हुने आदि सम्झौताका शर्तहरु उल्लेख गरिएको छ ।

जसअनुसार कार्यक्रमको लागि निर्देशिकामा भएको व्यवस्था बमोजिम पहिलो दुई वर्षसम्म साझेदार संस्थाले मन्त्रालय र पालिकासँगै एक÷एक तिहाई लागत साझेदारी गर्नेछ र कार्यक्रम सञ्चालनको तेस्रो वर्षमा भने पालिकाले मन्त्रालयसँग लागत साझेदारी गर्नेछ । त्यसैगरी साझेदार संस्थाले कार्यक्रम सञ्चालनका लागि पालिकालाई प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

नगर प्रमुख तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख पराजुली, फाउण्डेशनका व्यवस्थापक घिमिरे, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य मदन बोहोरा, अपाङ्गता स्वावलम्वन समाज अर्जुनधाराका अध्यक्ष बाँनियालगायतले कार्यक्रमको विषयमा आफ्नो धारणा राखेका थिए । प्रमुख प्रशासकीय अधिकृत रिमालले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख पन्दाकले गरेकी थिइन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *