अर्जुनधारामा संसद् पुनर्स्थापनाको मागसहित एमालेद्वारा बृहत् मोटरसाइकल र्‍याली

बिर्तामोड, १८ कात्तिक । संसद् पुनर्स्थापनाको माग गर्दै झापाको अर्जुनधारामा बृहत् मोटरसाइकल र्‍याली निकालिएको छ । झापाको अर्जुनधारा–६ स्थित महानन्दचोकदेखि खुदुनावारीसम्म मोटरसाइकल र्‍याली गर्दै खबरदारी गरिएको हो ।

नेकपा (एमाले) अर्जुनधारा र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाईमा खबरदारी गरिएको हो ।

EPIC EPIC EPIC

‘असंवैधानिक सरकार मुर्दावाद, विदेशी दलाल होसियार, विगठित संसद् पुनर्स्थापना गर’ लगायतका नारा लगाउँदै एमालेले आयोजना गरेको र्‍यालीले शनिश्चरे चोक र खुदुवारीमा कोणसभा गरेको हो । कोणसभा अनेरास्ववियुका कोशी प्रदेश संयोजक नारायण पोखरेल र एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले सम्बोधन गरेका थिए । यो सरकार असंवैधानिक भएकाले संसद् पुनर्स्थापना हुनुपर्ने अध्यक्ष गिरीको भनाई थियो ।

अध्यक्ष गिरीले संसद् पुनर्स्थापना गरेर मात्रै मुलुकलाई निकास दिन सकिने बताए ।

‘एमाले कहिले पनि निर्वाचनबाट भाग्दैन, जनताको परीक्षामा सरिक हुन सधैं तयार छ’ गिरीले भने, ‘तर यो सरकारले निर्वाचनको वातावरण बनाउनै सक्दैन । लुटिएका हतियार र जेलबाट भागेका कैदीबन्दी नियन्त्रणमा नलिएसम्म निर्वाचन सम्भव छैन ।’ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई हाइजेक गरेर देशलाई खरानी बनाएकोप्रति चिन्ता व्यक्त गर्दै उनले राष्ट्रप्रेमीहरु एक हुनुपर्ने बताए ।

अध्यक्ष गिरीले जेनजी पुस्ताको मागप्रति सधैं सकारात्मक रहेकोले संविधान विरोधी गतिविधिप्रति सजग रहन आग्रह गरे ।

एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष बिर्ख प्रधानले शान्तिपूर्ण समाज निर्माणका लागि सबैलाई अपील गरेका छन् । उनले जेनजीको माग जायज भएको बताउँदै घुसपैठ गरेर अपराध गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । कानुनी दायरामा नल्याएसम्म जनतामा त्रास भइरहेको उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *