कचनकवल। अबिरल बर्षाका कारण कचनकवल गाउँपालिका २ घर ३ दिनयता ढुवानमा परेका छन् ।
सोही पालिकाको वडा नम्बर ४ को कार्यालय अघिल्तिरका २ घर डुबानमा परेका हुन् । अव्यवस्थित नाली निर्माणका कारण घर डुबानमा परेको पीडितहरुले बताएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लाखौं खर्चिएर केचना बजारको नाली सफा गरेपनि स्थानीयले नालीमा माटो भरिदिएका थिए ।
नालि पुरिए सँगै दुई घर डुबानमा परेका हुन् ।
पीडितहरुले शुक्रवार अपरान्ह सडकको पेटी भत्काएर समस्याको निकास खोजेका छन् ।
स्थानियका अनुसार सो क्षेत्रमा होम पाइमका लागी वडा कार्यालयमा पटकपटक पहल गर्दा पनि वडाले कुनै चासो नदेखाएको स्थानीयको गुनासो समेत गरेका छन्।